शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल

बिहीबार, १३ मङ्सिर २०८१, १७ : ०६
बिहीबार, १३ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल बिहीबार नेपाल आइपुगेका छन् ।  विराटनगर किंग्सले विदेशी खेलाडीका रूपमा गप्टिललाई अनुबन्ध गरेको हो । 

३८ वर्षीय खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटरका रूपमा चिनिन्छन् । उनी प्राय ओपनिङ गर्छन् ।

न्युजिल्याण्डका लागि तीनै फर्म्याटको प्रतियोगिता खेलेका गुप्टिलले टी–२० अन्तर्राष्ट्रियमा न्युजिल्याण्डका लागि १ सय २२ खेल खेल्दै ३ हजार ५३१ रन बनाएका छन् । यसमा २ शतक र २० अर्धशतक सामेल छ । उनको उच्च स्कोर १ सय ५ रन हो ।

त्यस्तै, एकदिवसीयमा उनले १ सय ९८ खेलमा ७ हजार ३४६ रन बनाएका छन् । उनले १८ शतक र ३९ अर्धशतक हिर्काएका छन् । उनको उच्च स्कोर २ सय ३७ रन (नटआउट) रहेको छ । 

यता, टेस्टमा उनले ४७ खेलमा २ हजार ५८६ रन बनाएका छन् । जसमा ३ शतक र १७ अर्धशतक रहेका छन् । उनले यस फर्म्याटमा १ सय ८९ रनको उच्च स्कोर बनाएका छन् ।

उनले आईपीएलमा किंग्ल्स इलेभेन पञ्जाब, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबदबाट खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप