दुर्घटना
गोकुलगंगा गाउँपालिका- ४ का वडाअध्यक्षको दुर्घटनामा मृत्यु
शुक्रबार, १४ मङ्सिर २०८१, १५ : ०५
काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।
उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ । १४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएको रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार चालक हिराबहादुर कार्की मृत्यु भएको खुलेको छ । घाइते केशव शर्मासहित तीन जनालाई उद्दार गरेर अस्पताल पठाइएको छ ।
उनले ना१ ज ७१२३ नम्बरको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको बताए । गाडी काठमाडौँबाट बेताली जाँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र बोर्डमा पदाधिकारीका लागि आवेदन
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण