मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन

मङ्गलबार, ०२ असार २०८३, ११ : १३
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ६०९ वटा पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
  • कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशका केही जिल्लामा अधिवेशन हुन बाँकी छ ।
  • पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तयारी छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म ६०९ वटा पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार चार हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको हो ।  

अधिवेशन नभएका जिल्लाहरू कर्णाली प्रदेशमा (डोल्पा र हुम्ला), लुम्बिनी प्रदेश (रुकुम पूर्व), गण्डकी प्रदेशमा (मनाङ र मुस्ताङ), मधेस प्रदेशमा (धनुषा, सप्तरी बारा र सर्लाही) रहेको छ । अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएका जिल्लाहरू (सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट) रहेको बुर्लाकोटीले जानकारी दिए । 

यसैगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। मधेस प्रदेशको अधिवेशन स्थगन छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको छ ।

 ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप