तीन तहका सरकारबिच समन्वयको अभाव छ : मन्त्री खड्का
हेटौंडा । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्याम खड्काले विकास आयोजना सञ्चालनका सवालमा तीन तहबिच समन्वय अभाव रहेको बताएका छन् । विकास आयोजना कार्यान्वयनका चरणमा तीन तहका सरकारबिच एकले अर्कोलाई नटेर्ने अवस्था रहेको उनले बताएका हुन् ।
मन्त्रालयको आयोजनामा हेटौंडामा भएको २ दिने खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा बोल्दै मन्त्री खड्काले स्थानीय तहले मागे अनुसारको आयोजनाहरू प्रदेश सरकारले दिन नसकेको र प्रदेश सरकारले पठाएको आयोजना कार्यान्वयनमा स्थानीय तहको चासो कम पर्ने समस्या रहेको बताए । उक्त समस्याका बिचबाट संघीयता कार्यान्वयनको चरणहरू अघि बढिरहेको उनको भनाई छ ।
मन्त्री खड्काका अनुसार स्थानीय तहसँगको समन्वयमा विकास आयोजना सञ्चालनका विषयमा सरकार गम्भीर छ । विकास आयोजना व्यवस्थापनका लागि प्रदेश सरकारले आयोजना बैंक निर्माणको काम गरिरहेको छ । आयोजना बैंक निर्माण पश्चात स्थानीय तह र प्रदेश सरकारबिचको समन्वयात्मक भूमिका तथा आयोजनाको प्रभावकारीतामा वृद्धि हुने उनले बताए ।
नागरिकको आवश्यकताको आधारमा विकास आयोजनाहरू निर्माणमा सरकारले काम गर्ने उनले विश्वास व्यक्त गरे । वृहत र प्रभावकारी आयोजना निर्माण गरेर उत्पादनमा केन्द्रीत विकासमा सरकारले जोड दिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण