१० औँ राष्ट्रिय खेलकुद फागुनभित्रै हुन्छ : मन्त्री चौधरी
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औँ राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गरेका छन् । आइतबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सो दाबी गरेका हुन् ।
मन्त्री चौधरीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू कर्णालीमै र फागुनभित्रै हुने प्रतिबद्धता जनाए । उनले पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि उनले सांसदहरूसँग आग्रह गरे । उनले दसौँ राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि तोकिएकोमा भौतिक पूर्वाधारको कमीका कारण सञ्चालन गर्न नसकेको भएपनि अब मिति नसर्ने बताए ।
मन्त्री चौधरीले प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको भन्दै फागुनमै हुनेमा विश्वस्त हुन आग्रह गरे । भौतिक पूर्वाधार करिब सकिएको र अहिले पनि खेलाडीहरूको व्यवस्थापन ठुलो चुनौती रहेको उनले बताए ।
मन्त्री चौधरीले देश र युवाहरूको चाहना खेलकुदमा सोचेभन्दा बढी आकर्षण रहेको बताए । सरकारले खेलकुदमा बजेट बढाउन नसके युवाहरूको चाहना पूरा गर्न नसकिने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण