दुल्लू–१३ मा एमालेका शाही विजयी
आइतबार, १६ मङ्सिर २०८१, २२ : ३७
सुर्खेत । दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् । उनी ५७४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कांग्रेसबाट रेशम बहादुर शाहीले ५७१ मत ल्याएका छन् भने माओवादीबाट ढकेन्द्र शाहीले २७८ मत मात्रै ल्याए । यहाँ रास्वपाले ५३, नेमकिपाले ४, राप्रपाले १३ र ३३ मत बदर भएका छन् ।
यहाँ यसअघि एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर शाहीले ७७३ मत पाएका थिए । निर्वाचित भएका शाहीको ब्रेन ट्युमरका कारण ०८० माघमा मृत्यु भयो । पुनः एमालेले आफ्नो ठाउँ सुरक्षित राख्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण