सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र ऊर्जामन्त्रीले नियुक्त गरेका सल्लाहकारको सङ्ख्यालाई उदाहरण दिँदै राज्य संयन्त्रमा स्रोतको दुरुपयोग भइरहेको संकेत गरेका छन्।
- अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उल्लेख गर्दै आफ्नो मन्त्रालयले मितव्ययितालाई प्राथमिकता दिएको दाबी गरे।
- ऊर्जा मन्त्रालयले थप एक जना सल्लाहकार नियुक्त गरेपछि यस विषयमा थप चर्चा सुरु भएको छ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नियुक्त गरेका सल्लाहकारको सङ्ख्यालाई उदाहरण दिँदै राज्य संयन्त्रमा सल्लाहकारको नाममा स्रोतको दुरुपयोग भइरहेको संकेत गरेका छन्।
पूँजी बजारको विकाससम्बन्धी एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उल्लेख गर्दै आफ्नो मन्त्रालयले भने मितव्ययितालाई प्राथमिकता दिएको दाबी गरे।
‘तपाईँहरूले अहिले सुनिराख्नुभएको छ– प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार हुनुहुन्छ, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार राखिएको छ। तर, मैले एकजना मात्र सल्लाहकार राखेको छु, त्यो पनि अवैतनिक राजस्व सल्लाहकार,’ उनले भने।
वाग्लेले धेरै सल्लाहकार नियुक्त गरेर राज्यलाई अनावश्यक आर्थिक भार थप्ने प्रवृत्ति बढेको संकेत गर्दै आफ्नो मन्त्रालयले त्यस्तो अभ्यास नगरेको बताए।
पछिल्लो समय प्रधानमन्त्री शाहले २७ जना सल्लाहकार तथा स्वकीय नियुक्त गरेको र उनीहरूलाई मन्त्री तथा राज्यमन्त्रीसरहको सुविधा उपलब्ध गराइएको विषय सार्वजनिक भएपछि त्यसको आलोचना भइरहेको छ।
यता अर्थमन्त्री वाग्लेले सोमबारको कार्यक्रममा ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उल्लेख गरे पनि ऊर्जा मन्त्रालयले मंगलबार थप एक जना सल्लाहकार नियुक्त गरेको छ। मन्त्रालयले चितवनका विवेकराज कँडेललाई ऊर्जा व्यापार तथा पूर्वाधारसम्बन्धी विशिष्ट श्रेणीको सल्लाहकार नियुक्त गरेको हो।
मन्त्रालयका अनुसार कँडेलले बृहत् ऊर्जा व्यापार सुधार तथा क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण