‘सोनु निगम लाइभ इन नेपाल’ मा जोडियो दिपल
काठमाडौँ । छोटो समयमै नेपालमा लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको प्रतीक्षित कन्सर्टमा मुख्य प्रायोजकका रूपमा हिस्सा लिने भएको छ ।
कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।
नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन आज एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दीप क्षेत्र पनि थिए ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजनका रूपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।
त्यसैगरी नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए ।
बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मजा दिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण