एनपीएलमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ
बिहीबार, २० मङ्सिर २०८१, १० : ५८
काठमाडौँ । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
यसअघि चारजना भारतिय नागरिकलाई ब्युरोले पक्राउ गरेको थियो । भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि पक्राउ परेका थिए ।
आरोपीहरूले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । स्पोर्टस् बाजी र प्रोबो एप मार्फत उनीहरूले सट्टेबाजी गराउने गरेको एसपी बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण