मार्शल ल लागू गर्नेबारे पूर्व सूचना पाएको थिइन : दक्षिण कोरियाली रक्षा प्रमुख
सोल । राष्ट्रपतिले देशमा मार्शल ल लागू गर्न थालेको भन्नेबारे आफूलाई पहिला कुनै जानकारी नभएको दक्षिण कोरियाका रक्षा प्रमुखले बताएका छन् । मार्शल ल लागू गर्ने राष्ट्रपति यून सुक योको प्रयास असफल भएपछि दक्षिण कोरियामा राजनीतिक संकटको स्थिति उत्पन्न भएको छ ।
नीति निर्माताहरूले राष्ट्रपतिको उक्त योजनाबारे सेनाका अधिकारीहरूलाई केरकार गरिरहेका छन् । यो योजनाबारे आफू जानकार रहेको उप–रक्षामन्त्रीले बताएका थिए । तर मार्शल ल कमान्डका प्रमुख पार्क आन–सुले भने आफूलाई यसबारे पहिला जानकारी नभएको अनि मंगलबार राति मात्रै सोसम्बन्धी मस्यौदा थमाएर जारी गर्न भनिएको बताएका छन् ।
राष्ट्रपतिलाई मार्शल ल लगाउन सुझाव दिने रक्षा मन्त्री किम यो–ह्युनले राष्ट्रपति सामु राजिनामा बुझाएका छन् । यूनसँग किमले पनि अविश्वासको प्रस्तावको सामना गर्ने भएका छन् । किममाथि यात्रामा आकस्मिक प्रतिबन्ध लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण