शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग

काठमाडौँ र सुदूरपश्चिम भिड्दै,  जितको लय कायम राख्ने लक्ष्य

बिहीबार, २० मङ्सिर २०८१, १२ : १६
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । यी दुवै टोली पछिल्लो खेल जितेर आएका टोली हुन् ।

पहिलो खेल चितवन राइनोजसँग गुमाएको काठमाडौँले दोस्रो खेलमा कर्णाली याक्सलाई हराएको थियो । यसअघि एक मात्र खेल खेलेको सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

काठमाडौँ गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौँ गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौँ गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो । 

काठमाडौँ गुर्खाजका मार्की खेलाडी भने करण केसी हुन् । काठमाडौँ गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाही हुन् ।

ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो । 

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक जगत टमटा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप