काठमाडौँ गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बिहीबारको दोस्रो खेल सुदूरपश्चि रोयल्स र काठमाडौँ गुर्खाजबिच खेलिँदैछ । काठमाडौँ गुर्खाजले टस जिती सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङका लागि निम्तो दिएको छ । काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबिचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १३ः०० बजे सुरु हुनेछ ।
जारी एनपीएलमा काठमाडौँ गुर्खाजले आफ्नो तेस्रो र सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । काठमाडौँ गुर्खाज यसअघि खेलिएको दुईमध्ये एक खेलमा विजयी र एक खेलमा पराजित भएको छ । सुदूरपश्चिम रोयल्स भने आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।
आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाज चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हराएको थियो । सुदूरपश्चिम रोयल्सले भने आफ्नो पहिलो खेलमा विराटनगर किङ्समाथि ९० रनको जित हात पारेको थियो ।
सुदूरपश्चिम रोयल्स राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको छ । उनी टोलीका मार्की खेलाडी पनि हुन् । काठमाडौँ गुर्खाज पनि राष्ट्रिय टोलीका अनुभवी खेलाडी करण केसीको कप्तानीमा रहेको छ । टोलीका मार्की खेलाडी पनि उनी नै हुन् ।
तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको चितवन राइनोज चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित तेस्रो र एक खेलबाट दुई अंक बटुलेको सुदूरपश्चिम रोयल्स चौथो स्थानमा छन् ।
यसैगरी, तीन खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । एक खेल खेलेको लुम्बिनी यालन्स, दुई खेल खेलेको पोखरा एभेन्जर्स र दुई खेल खेलेको कर्णाली याक्सले भने अंक बटुल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण