नेपाल प्रिमियर लिग क्रिकेट
एनपीएलको आठौँ अर्धशतक सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेनको नाममा
बिहीबार, २० मङ्सिर २०८१, १४ : ०८
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार खेलिएको खेलमा सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यान ब्रान्डन म्याकमलेनले अर्धशतक बनाएका छन् । काठमाडौँ गुर्खाजविरुद्धको खेलमा उनले अर्धशतक बनाएका हुन् ।
उनले टोलीका लागि ५३ रनको योगदान गरे । यसक्रममा उनले केवल ३६ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काए । जारी एनपीएलमा बनेको यो आठौँ अर्धशतक हो ।
यसअघि, विराटनगर बोल्ट्सका ओपनर ब्याट्सम्यान लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवी बोपरा, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण