भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’
चितवन । भरतपुर अस्पतालले विपन्न बिरामी र कुरुवालाई लक्षित गरी ‘कपडा बैंक’ स्थापना गरेको छ । दिनसक्नेले कपडा दान गर्ने र विपन्नले लैजान सक्ने गरी बैंक स्थापना गरिएको हो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो । उनले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताए । उनले भने– “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन् । कतिपय सानो वा ठूला भएका हुन्छन् । त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ ।”
अस्पतालका सर्जन डा. दीपेन्द्र न्यौपानेको नेतृत्वमा रामहरि ढकाल र प्रभा गुरुङ सदस्य रहेको समिति बनाइएको छ । डा.न्यौपानेले नयाँ कपडा किनेर पनि दान गर्न सकिने बताए । उनले भने, “ग्रामीण भेगका विपन्न बिरामी र कुरुवा लुगलुग काँप्दै आउनुहुन्छ, सबैलाई हामीले दिएर मात्रै पुग्दैन, सबैले दान गर्न मिलोस् भनेर बैंक सञ्चालन गरेका हौं ।”
भरतपुर सङ्घीय सरकारी अस्पताल हो । यहाँ चितवनसहित छिमेकी २२ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । गाउँगाउँबाट उपचारका लागि आउने विपन्न बिरामीको सङ्ख्या यहाँ उल्लेख्य हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण