एनपीएलमा आज चितवन र कर्णाली तथा लुम्बिनी र पोखरा भिड्दै
शुक्रबार, २१ मङ्सिर २०८१, ०७ : ०४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छ । पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबिच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
लगातार दुई खेल जितेको चितवन आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । तर दुई खेलसम्म अङ्कविहीन रहेको कर्णाली याक्सले भने आज पहिलो जितको खोजीमा हुनेछ ।
दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै दिउँसो १ बजे सुरु हुनेछ । जीतविहीन दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।
लुम्बिनीले एक खेल खेलेकोमा पोखराले भने दुई खेलमा पराजित भएको छ । यी दुवै टिम आज दबाबका बिच मैदानमा उत्रिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति