एनपीएलमा आज चितवन र कर्णाली तथा लुम्बिनी र पोखरा भिड्दै
शुक्रबार, २१ मङ्सिर २०८१, ०७ : ०४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छ । पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबिच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
लगातार दुई खेल जितेको चितवन आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । तर दुई खेलसम्म अङ्कविहीन रहेको कर्णाली याक्सले भने आज पहिलो जितको खोजीमा हुनेछ ।
दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै दिउँसो १ बजे सुरु हुनेछ । जीतविहीन दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।
लुम्बिनीले एक खेल खेलेकोमा पोखराले भने दुई खेलमा पराजित भएको छ । यी दुवै टिम आज दबाबका बिच मैदानमा उत्रिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण