बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

कर्णालीले जित्यो टस, चितवनलाई दियो ब्याटिङको निम्तो

शुक्रबार, २१ मङ्सिर २०८१, ०८ : ५४
शुक्रबार, २१ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान हुने खेलमा कर्णाली याक्सले टस जितेको छ । टस जितेसँगै कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङको निर्णय लिँदै चितवनलाई ब्याटिङको निम्तो दिएका छन् ।

लगातार दुई खेल जितेको चितवन आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । तर दुई खेलसम्म अङ्कविहीन रहेको कर्णाली याक्सले भने आज पहिलो जितको खोजीमा हुनेछ । 

आज हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । 

 

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप