नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने
काठमाडौँ । सङ्घीय सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
नोबेलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशत अर्थात् ६० करोड रुपैयाँ सेयर धनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारण सभा डाकेको छ । प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी भए यथा यो नोबेलको प्रथम वार्षिक साधारण सभा हो ।
कम्पनीको सभाले अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरू खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवा सञ्चालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गर्नुपर्ने भएकाले सो को लागी आवश्यक पर्ने श्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।
यस्तै, कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएको विभिन्न कम्पनी/अस्पताल/शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी, सोलार इनर्जी, पर्यटन उद्योग लगायतका) विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी र मधेस प्रदेशमा शीतलहर, अन्यत्रको मौसम कस्तो रहला ?
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो
-
आँधी प्रभावित क्षेत्र पुगेर ट्रम्पले दिए संघीय आपतकालीन एजेन्सी भङ्ग गर्ने चेतावनी
-
शनिबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
-
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे