नेपाल प्रिमियर लिग क्रिकेटमा रवि बोपराले बनाए दोस्रो अर्धशतक
शुक्रबार, २१ मङ्सिर २०८१, १० : ३८
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको खेलमा चितवन राइनोजका ब्याट्सम्यान रवि बोपराले अर्धशतक बनाएका छन् । उनले कर्णाली याक्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
उनले ३५ बलमा आफ्नो अर्धशतक पुरा गरे । यसक्रममा उनले एक छक्का र सात चौका पनि प्रहार गरे । उनी अविजित ५३ रन बनाउँदै क्रिजमा छन् । बोपराले जारी एनपीएलमा ब्यक्तिगत रुपमा बनाएको यो दोस्रो अर्धशतक हो । जारी एनपीएलमा बनेको यो नवौँ अर्धशतक हो ।
यसअघि, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवि बोपरा, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण