गौसको शतक र दिनेशको अर्धशतकसँगै लुम्बिनी लायन्समाथि पोखरा एभेन्जर्सको कीर्तिमानी जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पोखरा एभेन्जर्सले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले हरायो । जारी एनपीएलमा कुनै पनि टोलीले विकेटका आधारमा हात पारेको यो नै सबैभन्दा ठुलो अन्तरको जित पनि हो ।
टस जिती ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पोखरा एभेन्जर्सले भने १६.५ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय ७६ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
जारी प्रतियोगितामा पोखरा एभेन्जर्सले हात पारेको यो पहिलो जित हो । लुम्बिनी लायन्सले भने लगातार दोस्रो खेलमा हार व्यहोरेको हो । एनपीएलमा पोखर्रा एभेन्जर्सले आफ्नो तेस्रो र लुम्बिनी लायन्सले दोस्रो खेल खेल खेलेका हुन् ।
पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सको टोली जनकपुर बोल्ट्ससँग सात विकेटले हारेको थियो । लुम्बिनी लायन्स भने आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटले पराजित भएको थियो ।
लुम्बिनी लायन्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका लागि आन्द्रेस गौसले शतक बनाए । जारी एनपीएलमा बनेको यो पहिलो शतक पनि हो । अर्का ओपनर दिनेश खरेलले पनि टोलीका लागि अर्धशतकीय योगदान गरे । जारी एनपीएलमा यो सबैभन्दा ठुलो साझेदारी पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण