नेपाल प्रिमियर लिग क्रिकेट
नेपाल प्रिमियर लिगको पहिलो शतक आन्द्रेस गौसको नाममा
शुक्रबार, २१ मङ्सिर २०८१, १५ : ५५
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको खेलमा पोखरा एभेन्जर्सका आन्द्रेस गौसले शतक बनाएका छन् । उनले शुक्रबार खेलिएको लुम्बिनी यालन्सविरुद्धको खेलमा शतक बनाएका हुन् ।
जारी एनपीएलमा बनेको यो पहिलो शतक हो । शतक पुरा गर्ने क्रममा गौसले ५४ बलको सामना गरी पाँच छक्का र १२ चौका हिर्काए । उनी एक सय तीन रन बनाउँदै अविजित छन् । ३१ वर्षीय गौस अमेरिकाका खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति