बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो सिजनमा सर्वाधिक चर्चामा रहेको टोलीमध्ये एक हो, लुम्बिनी लायन्स । लुम्बिनीको संस्कृतिलाई माया गर्दै आएको यो टोलीले पहिलो सिजन टेबलको पुछारमा रह्यो । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल कप्तान रहेको टोली यो सिजन भने उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ । दोस्रो सिजनलाई उत्कृष्ट बनाउन भारतीय प्रशिक्षक र मेन्टर नियुक्त गरेर तयारी तीव्र बनाएको छ । 
लुम्बिनीले आईपीएल विजेता प्रशिक्षक रोबिन सिंहलाई मेन्टर तथा भारतीय क्रिकेट टिमका पूर्वखेलाडी तथा रणजी ट्रफीमा केरलाका प्रशिक्षक रहिसकेका टिनु योहान्नानलाई अनुबन्ध गरेको छ । 

लुम्बिनीले मार्की रोहित कुमार पौडेलसहित सन्दिप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारीलाई रिटेन गरेको थियो भने दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान र विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको थियो ।

यस्तै लुम्बिनीले यो सिजन विदेशी खेलाडीहरू राखेर पनि आफूलाई अब्बल बनाउने योजना बनाएको छ । त्यसैअनुसार अफगानिस्तानका अलराउन्डर गुल्बादिन नैबलाई अनुबन्ध गरेको छ, लुम्बिनीले उनलाई तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो । यसअघि उसले अस्ट्रेलियाका डार्शी सर्ट र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरेको थियो । 

३४ वर्षीय अलराउन्डर गुल्बादिन अफगानिस्तान राष्ट्रिय टिमका पूर्वकप्तान हुन् । 

एनपीएलको चौथो महँगो टोलीका रूपमा परिचित लुम्बिनीमा फर्च्युन हेल्थ केयरको स्वामित्व छ । लुम्बिनी लायन्स टिमको अध्यक्ष भवानी राणा हुन् । उनी निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष तथा फच्र्युन हेल्थ केयरकी अध्यक्ष हुन् । 

टिमका अन्य लगानीकर्ता ?

लुम्बिनी लायन्समा भवानी राणाका अतिरिक्त अन्य महत्त्वपूर्ण लगानीकर्ताहरू पनि छन् । टिमका अध्यक्ष ईश्वरी जिसी म्यानपावर व्यवसायी हुन् । उनले नेपाली खेलकुद पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले लगानी गरेको बताउँदै आएका छन् ।
अन्य लगानीकर्तामा बाबुकाजी कार्की (लेमन ट्री होटेलका प्रबन्ध निर्देशक र मेडिकल सामग्री व्यवसायी), देवाङ्स राणा (भवानी राणाका छोरा), करण बस्नेत (बुद्ध एयरका प्रमुख क्याप्टेन डीबी बस्नेतका छोरा) र शिभांक थापा (बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतका ज्वाइँ तथा भवानी राणाका भान्जा) रहेका छन् । यस्तै, टुन्डी कन्स्ट्रक्सन्सका मालिक सुशील शर्मा पनि यस टिमका लगानीकर्ता हुन् । 

अघिल्लो सिजन टिमको प्रदर्शन 

प्रतियोगिताको पहिलो सिजनमा लुम्बिनीले राम्रो प्रदर्शन गर्न सकेन । प्रतियोगितामा सात खेल खेलेको लुम्बिनीले मात्र एक खेलमा जित निकाल्न सफल भयो । लुम्बिनी पहिलो खेलमा विराटनर किङ्ससँग दुई विकेटले पराजित हुँदा दोस्रो खेलमा पोखरासँग १० विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रन, चौथो खेलमा जनकपुरसँग १ रनले पराजित भएको लुम्बनीले पाँचौं खेलमा चितवन राइनोजलाई ३३ रनले हराएको थियो । 
लुम्बिनी छैटौं खेलमा काठमान्डु गोर्खाजसँग १८ रनले पराजित हुँदा सातौं खेलमा कर्णाली याक्ससँग ५ रनले पराजित हुँदै सिजन सकाएको थियो । 

टिमः लुम्बिनी लायन्स 

नेपाली खेलाडीः रोहित कुमार पौडेल, सन्दिप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान र विशाल पटेल
विदेशी खेलाडीः गुल्बादिन नैब, डार्शी सर्ट र थोमस ड्राका  

टिमको स्वामित्वः फर्च्युन हेल्थ केयर

अध्यक्षः ईश्वरी जिसी
टिम मालिकः भवानी राणा, ईश्वरी जिसी, बाबुकाजी कार्की,  बाबुकाजी कार्की र शिभांक थापा
प्रशिक्षकः टिनु योहान्नन
सहायक प्रशिक्षकः सुवास खकुरेल
कन्सल्ट्यान्ट प्रशिक्षकः शक्ति गौचन
सीईओः भावना घिमिरे 

खेल तालिका

विराटनगर किङ्स विराटनगर किङ्स
१९३/८ (१९.५ overs)
win
VS
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१९१/७ (२० overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
विराटनगर किंग्स २ विकेटले विजयी
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१७०/५ (२० overs)
VS
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
१७६/० (१६.५ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
Pokhara avengers won by 10 wickets
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१४२/९ (२० overs)
VS
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१८७/४ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
सुदूरपश्चिम रोयल्स ४५ रनले विजयी
जनकपुर बोल्ट्स जनकपुर बोल्ट्स
१३६/९ (२० overs)
win
VS
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१३५/८ (२० overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
जनकपुर बोल्ट्स १ रनले विजयी
चितवन राईनोज चितवन राईनोज
१३४/८ (२० overs)
VS
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१६७/६ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
लुम्बिनी लायन्स ३३ रनले विजयी
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१०३/१० (१९.२ overs)
win
VS
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
८५/१० (१९.२ overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
काठमाडौँ गुर्खाज १८ रनले विजयी
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१२३/७ (२० overs)
VS
कर्णाली याक्स कर्णाली याक्स
१२८/८ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
कर्णाली याक्स ५ रनले विजयी