चिसो बढ्दै गएपछि बेँसी झर्न थाले भेडाबाख्रा
हुम्ला । हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन् ।
चिसो अत्यधिक बढेपछि भेडाबाख्रासहित हिउँदयाममा बेँँसी झर्न थालेका भेडाबाख्रा व्यवसाय गर्दै आउनुभएका सिमकोट गाउँपालिका–२ ठेहेका राजेन्द्र बोहराले बताए । उनले भने, “जाडोले लेकमा बस्नै नसकिएपछि भेडाबाख्रा बेँसी झार्न थालेका र्छौँ ।” यतिबेला हुम्लाको उच्च पहाडी भेग सुख्खा हुने र तराईका क्षेत्रमा हरियाली हुनेहुँदा घाँसका लागि पनि भेडाबाख्रा हिउँदमा जिल्ला बाहिर लैजानुपर्ने बोहराको भनाइ छ । झण्डै ६ महिना जिल्ला बाहिर पालन गरेपछि वैशाखमा फेरी लेकमै भेडाबाख्रा लैजाने गरिन्छ ।
बाजुरा, अछाम, सुर्खेतलगायतका क्षेत्रमा हुम्लाबाट भेडाबाख्रा पालनका लागि लैजाने गरिन्छ । भेडाबाख्रा व्यवसायीले चामल, दाललगायत सामग्री बोकेर घरघरमा पुगेर व्यापरसमेत गर्छन् । गहुँ, जौ, उवाबाट बनाइएको सामग्री चामलसँग साट्ने चलन रहँदै आएको सिमकोट गाउँपालिका–२ ठेहेका टेक भण्डारीले बताए ।
सिमकोट–३ र ४ तथा उत्तरी नाम्खा गाउँपालिकामा एक दशक अघिसम्म प्रत्येकका घरघरमा भेडापालन गरिँदै आएको थियो । पछिल्लो समय यो व्यवसाय कमैले गरेको पाइन्छ ।
वर्षाको समयमा छिमेकी मुलुक चीनको ताक्लाकोट पुगेर यहाँको फापर, उवा, गहुँ, जौलगायतको अन्न नूनसँग साट्ने गरिन्थ्यो । ताक्लाकोटबाट नुन ल्याएर हुम्लाकै दक्षिणी भेगका रोडिकोट, दार्मा सर्केगाड, पिप्लाङ, उनापानी, रिप राहदेवलगायतका गाउँमा पुगेर चामल, सिमिलगायतका अन्नसँग साँटासाँट गरिन्थ्यो । तर अहिले यी सबै चलन हराउँदै गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
-
आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएपछि रास्वपा कृष्णपुरद्वारा वडा सभापति बोहरामाथि छानबिनको माग
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण