मध्यपहाडी लोकमार्ग : जाजरकोट सडकखण्ड अझै पूरा भएन
काँक्रेविहार । पुष्पलाल राजमार्ग (मध्यपहाडी) अन्तर्गत जाजरकोट खण्ड अझै अधुरै रहेको छ । कुल ८५ किलोमिटर लामो जाजरकोट खण्ड निर्माण पूरा नहुँदा समस्या थपिँदै गएको छ ।
पाँच खण्ड रहेको यो राजमार्ग भेरी नगरपालिकाको कुदुबाट छेडागाड नगरपालिकाको सुयाडामा टुङ्गिन्छ । कुदु–स्याउलीखोलासम्मको १७ किलोमिटर सडक २०७५ सालमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि शर्मा सिंह एण्ड ब्रदर्श जेभीलाई २०८१ असोजसम्म निर्माण गर्न समयावधि दिइएको छ । यसमा ८० किलोमिटर प्रगति देखिएको आयोजनाका प्रमुख निमित्त योजना प्रमुख इञ्जिनियर अमितकुमार मण्डलले जानकारी दिए ।
अठार किमीको भेरी नगरपालिकाको स्याउलेखोला–छेडागाड नगरपालिकाको काँर्कीगाउँसम्मको सडकखण्ड २०७५ सालमा निर्माण गर्नुपर्ने भए पनि हालसम्म सम्पन्न नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थपिएको छ । यो काम पनि सोही निर्माण कम्पनीले गरिरहेकामा प्रगति अहिलेसम्म ६३ दशमलव प्रतिशत मात्र रहेको आयोजना प्रमुख मण्डलले बताए । काँर्कीगाउँ मन्ताभिरको १० किलोमिटर सडक २०७६ सालमै सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थप भएको छ । यो सडकको ६३ प्रतिशतमात्र प्रगति भएको छ ।
मन्ताभिर–थलहबजारसम्मको नौ दशमलव ६ किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभीले हालसम्म उक्त सडक निर्माण नगर्दा समस्या थपिँदै गएको आयोजना प्रमुख मण्डलले बताए । उक्त सडक २०७६ सालमा निर्माण गर्नुपर्ने भए पनि २०८१ पुस मसान्तसम्म म्याद थपिएको छ । यसको ४५ प्रतिशतमात्र प्रगति भएको छ । एकतीस किमी लामो थलह–सुयाडा सडक निर्माण कार्य सम्पन्न भएको छ । यहाँ यातायातका साधन सञ्चालनमा छन् ।
सात वर्षसम्म म्याद थप्दा पनि सडक निर्माण पूरा नहुनु दुःखद भएको स्थानीय राजेन्द्रविक्रम शाहले बताए । यो सडक भेरी करिडोरसँग कुदुमा जोडिने गर्दछ । भेरी नदीमा आठ वर्षभन्दा लामो समयदेखि पुल निर्माण अधुरै छ । यो सडकले पूर्वीरुकुम, पश्चिमरुकुम हुँदै मध्यजाजरकोट र पश्चिम जाजरकोटबाट दैलेखलाई जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
-
आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएपछि रास्वपा कृष्णपुरद्वारा वडा सभापति बोहरामाथि छानबिनको माग
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण