सप्तरीमा हस्पिटलको कर्मचारी मृत फेला
आइतबार, २३ मङ्सिर २०८१, ११ : ००

काठमाडौँ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत कर्मचारी मृत अवस्थामा भेटिएका छन् । जिल्ला खेलकुद विकाश समितिको कार्यालयको झ्यालमा ४० वर्षीय सुधीरकुमार झा मृत अवस्थामा भेटिएका हुन् ।
झ्यालमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई बताए । उनी अस्पतालमा टिकट काट्ने काम गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको एसपी खतिवडाले बताए ।