संविधान बनेको ९ वर्ष भइसक्दा समेत थारु र मुस्लिम कोटा निजामती ऐनमा आएन : मन्त्री चौधरी
आइतबार, २३ मङ्सिर २०८१, १४ : २७
काठमाडौँ । खेलकुद मन्त्री तेजुलाल चौधरीले संविधान बनेको ९ वर्ष भइसक्दा समेत थारु र मुस्लिम कोटा निजामती ऐनमा नआएको गुनासो गरेका छन् । आइतबार संसद्को राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री चौधरीले भने- ‘संविधान बनेको ९ वर्ष भयो । थारु र मुस्लिम कोटा निजामती ऐनमा आएको छैन । कोटा अनिवार्य गर्दिन अनुरोध गर्दछु । न्याय गरिदिनुहुन अनुरोध छ ।
उनले निजामती ऐनमा अदालतको फैसलाबारे स्पष्ट पार्दै थारु कल्याणकारी परिषद्ले ४६ पटक मुद्दा हालेर सर्वोच्च अदालतले ९ महिनाभित्र निजामती विधेयक बनाउनु भनेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण