शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय

संविधान बनेको ९ वर्ष भइसक्दा समेत थारु र मुस्लिम कोटा निजामती ऐनमा आएन : मन्त्री चौधरी

आइतबार, २३ मङ्सिर २०८१, १४ : २७
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । खेलकुद मन्त्री तेजुलाल चौधरीले संविधान बनेको ९ वर्ष भइसक्दा समेत थारु र मुस्लिम कोटा निजामती ऐनमा नआएको गुनासो गरेका छन् । आइतबार संसद्को राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री चौधरीले भने- ‘संविधान बनेको ९ वर्ष भयो । थारु र मुस्लिम कोटा निजामती ऐनमा आएको छैन । कोटा अनिवार्य गर्दिन अनुरोध गर्दछु । न्याय गरिदिनुहुन अनुरोध छ ।

उनले निजामती ऐनमा अदालतको फैसलाबारे स्पष्ट पार्दै थारु कल्याणकारी परिषद्ले ४६ पटक मुद्दा हालेर सर्वोच्च अदालतले ९ महिनाभित्र निजामती विधेयक बनाउनु भनेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप