धनुषामा धान खरिद सुरु

धनुषा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रादेशिक कार्यालय, जनकपुरधामले धान खरिद प्रक्रिया सुरु गरेको छ । धनुषाको किसानबाट यस वर्ष ३२ हजार क्वीन्टल सोना मन्सुली धान खरिद गर्ने गरी आजदेखि सुरु भएको कार्यालय प्रमुख देवेन्द्र राईले जानकारी दिए । यसवर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकिएको छ ।
यहाँ स्थानीय तहका कृषि शाखाको सिफारिसमा तथा किसानले तोकिएको मापदण्ड पूरा गरेर ल्याएमा धान खरिद चेकमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख राईले बताए । यसअघि सो कार्यालयको धान खरिदका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय गरी धान खरिद प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।
बासमती धानको मूल्य निर्धारण नभएकाले तत्काल त्यसको खरिद नहुने पनि जनाइएको छ । धनुषामा यस वर्ष ४१ हजार पाँच सय ६६ हेक्टर क्षेत्रफल जमिनमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाताल लोक’ का हाथीरामले कसलाई भने कमालको अभिनेता ?
-
कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने
-
नागरिकको माग अनुसार विकासका आयोजनाहरू परिचालन हुनुपर्छ : सिंह
-
जनयुद्ध नभएको भए देश सय वर्षसम्म सामन्तवादको कब्जामा हुन्थ्यो : विप्लव
-
अध्यादेशबारे सत्तारुढ दलले सुरु गरे विपक्षीसँग छलफल
-
लोसपाले भन्यो– अध्यादेश नसच्याए सरकारबाट बाहिरिन्छौँ