नेपाल प्रिमियर लिग क्रिकेट
लुम्बिनी लायन्सलाई काठमाडौँ गुर्खाजले दियो १०४ रनको लक्ष्य
बुधबार, २६ मङ्सिर २०८१, १४ : २९
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँ गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको हो ।
काठमाडौँ गुर्खाजका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाए ।
प्रतियोगिता अन्तर्गत तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाजले एक जित र दुई खेलमा हार बेहोर्दै अंकतालिकाको छैटौँ नम्बरमा रहँदा पाँच खेल खेलिसकेको लुम्बिनी भने एक जित र चार हार बेहोर्दै पाँचौँ नम्बरमा छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण