सिरियाको ७० देखि ८० प्रतिशत सैन्य सम्पत्ति नष्ट भएको इजरायलको दाबी
तेल अभिभ । इजरायली रक्षा बल (आईडीएफ)ले सिरियाको राजधानी दमास्कस र लाटाकियाबिच सिरियाली सेनाको ७० देखि ८० प्रतिशत सम्पत्ति नष्ट गरेको दाबी गरेको छ । आईडीएफले शनिबार रातिदेखि उसको वायु सेना र नौसेनाले सिरियामा ३ सय ५० भन्दा बढी आक्रमण गरेको जनाएको छ ।
यी आक्रमणहरूबाट, दमास्कस र लाटाकिया बिचको ७० देखि ८० प्रतिशत रणनीतिक सैन्य सम्पत्तिहरू नष्ट भएका छन् । यसमा लडाकु विमान, राडार र वायु रक्षा साइटहरू, नौसेना जहाजहरू र हतियार आधारहरू समावेश छन् ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले भने, ‘हिजो राति इजरायली नौसेनाले सिरियाली नौसेनाको फ्लीटमा सफलतापूर्वक आक्रमण गरी नष्ट गरेको छ।’ इजरायल सेनाले सिरियाको गोलान हाइट्सबाट सिरियाको डिमिलिटराइज्ड बफर जोनतर्फ अघि बढेको छ ।
सिरियामा बसर अल-असदको सत्ताबाट पतन भएपछि इजरायलले लगातार सैन्य लक्ष्यहरूमा आक्रमण गरिरहेको छ। सिरियाली सेनाको हतियार विद्रोहीको हातमा नपरोस् भनेर आफूले यी आक्रमणहरू गरिरहेको उसले बताएको छ ।
हाल सिरियामा विद्रोहीको सरकार छ । अन्तरिम सरकारमा मोहम्मद अल बसीरलाई प्रधानमन्त्री बनाइएको छ । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण