राजनीतिक उथलपुथलबिच फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त
शनिबार, २९ मङ्सिर २०८१, ०७ : १६
पेरिस । फ्रान्समा जारी राजनीतिक उथलपुथलका बिच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता फ्रांस्वा बाइरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
७३ वर्षीय बाइरु मेयर हुन् र उनी मोडेम पार्टीको नेतृत्व गर्छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो नाम घोषणा गर्नुअघि उनले इमानुएल म्याक्रोनसँग भेट गरेका थिए । यो भेट करिब दुई घण्टा चलेको थियो ।
हालै फ्रान्सका पूर्वप्रधानमन्त्री मिशेल बार्नियरलाई उनको पदबाट हटाइएको थियो । उनी तीन महिना मात्रै पदमा रहिन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय निर्वाचन गर्ने घोषणा गरिसकेका छन् । त्यसयता फ्रान्समा राजनीतिक गतिरोध उत्पन्न भएको छ ।
फ्रान्समा बिहीबार गरिएको एक जनमत सर्वेक्षणले पनि ६१ प्रतिशत फ्रान्सेली मतदाता देशको राजनीतिक अस्थिरताप्रति चिन्तित रहेको खुलासा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण