प्लेअफ पुग्ने आस : काठमाडौँ र पोखरा भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार बिहान हुने २४ औँ खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज भिड्दैछन् । खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
दुवै टोलीको यो छैटौँ खेल हो । दुवै टोलीले यसमध्ये समान २ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् । दुवै टोलीले ४ अङ्क बटुल्दै छैटौँ र सातौँ स्थानमा विराजमान छन् ।
पोखराले पछिल्लो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो । त्यो एनपीएलमा खेलिएको पहिलो सुपर ओभर थियो । उता, काठमाडौँ भने जनकपुर बोल्ट्ससँग ५ विकेटले स्तब्ध बनेको थियो ।
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो ।
एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो । पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजीव कुमार हुन् ।
काठमाडौँ गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौँ गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौँ गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो । काठमाडौँ गुर्खाजका मार्की खेलाडी भने करण केसी हुन् । काठमाडौँ गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाही हुन् ।
पोखराका लागि आन्द्रियस गाउसले सर्वाधिक १८८ रन बनाएका छन् । त्यसतै, दिनेश खरेलले १०९ रन बनाएका छन् । टोलीका लागि विपिन खत्रीले सर्वाधिक ६ विकेट लिएका छन् भने रेमन रिफर र सागर ढकालले ४–४ विकेट हात पारेका छन् ।
यता, काठमाडौँका लागि सुमित महर्जनले सर्वाधिक ८७ रन बनाएका छन् । त्यसतै, जेरहार्ड इरासमसले ७३ तथा स्टेफन इस्किनाजीले ७२ रन जोडेका छन् । कप्तान करन केसीले सर्वाधिक ८ विकेट तथा इरासमसले ७ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
-
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी