एनपीएलमा आज : विराटनगर काठमाडौँसँग र पोखरा सुदूरपश्चिमसँग भिड्दै
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबिच हुनेछ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।
यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । प्लेअपमा पुग्न आजको खेल जित्नै पर्ने दबाब काठमाडौँलाई छ । विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ ।
विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।समान ६ खेलबाट समान ४ अंक जोड्दै क्रमशः छैटौँ र सातौँ स्थानमा छन् । शनिबार भएको जितसँगै चितवनले ८ अंक जोडेसँगै पोखरा र विराटनगर औपचारिक रुपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् ।
आजको अन्तिम खेलमा जित निकाले पनि दुवैको ८ अंक पुग्न सक्दैन । अब चितवन, सुदुरपश्चिम, कर्णाली र काठमाडौंमध्ये ३ टोली प्लेअफमा पुग्नेछन् ।
सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ । यद्यपि टोलीले दुई खेल खेल्न बाँकी नै रहेकोले आजको खेल हारे पनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण