नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्षमा शर्मा विजयी
कर्णाली । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्षमा विष्णुप्रसाद शर्मा (दैलेख) विजयी भएका छन् । उनले दुई सय ९७ मत प्राप्त गर्दा प्रतिस्पर्धी गणेशकञ्चन भारतीले दुई सय २८ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा लक्ष्मण केसी (रुकुमपश्चिम) ले तीन सय १८ र महिला उपाध्यक्षमा अप्सरा विष्ट (सुर्खेत)ले तीन सय २८ मत ल्याएर विजयी भएका छन् । महासचिवमा खगेन्द्रप्रसाद भट्टराई, सचिवमा बिस्नप्रसाद न्यौपाने, समावेशी सचिवमा अशोक राजी, कोषाध्यक्षमा ईश्वरराज अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरी, खुला सदस्यहरूमा अशोक भण्डारीले तीन सय छ, कालीबहादुर थापाले दुई सय ९७, चाँदनी कठायतले तीन सय ४८, यशकुमार चपाईले तीन सय चार, विष्णुप्रसाद देवकोटाले तीन सय चार, बिमल हमालले दुई सय ६२ र सुरेश पन्तले तीन सय चार मत प्राप्त गरी विजयी भएका छन् ।
समावेशीतर्फ दलित सदस्यमा मदन विकले तीन सय आठ, आदिवासी÷जनजाति सदस्यमा करिश्मा चौधरीले तीन सय १९, शिवा डाँगी (घर्ती)ले तीन सय छ र अल्पसङ्ख्यकतर्फ अकबर खानले दुई सय ८३ मत ल्याएर विजयी भएका प्रदेश निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण