‘फेरि रेशम फिलिली’ १४ फागुनमा रिलिज हुने
काठमाडौँ । फिल्म ‘फेरि रेशम फिलिली’ आगामी फागुन १४ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
पोस्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई देख्न सकिन्छ । ९ वर्षअघिको हिट फिल्म ‘रेशम फिलिली’ को यो दोस्रो श्रृंखलाको रुपमा यो बनेको हो । दर्शकले श्रेष्ठलाई पहिलेकै भूमिकामा देख्न पाउनेछन् ।
सिनेमा आर्टको प्रस्तुति र भी मोसन पिक्चर्सको सहकार्यमा बनेको फिल्ममा निरोज महर्जनको लेखन, निर्देशन रहेको छ । फिल्मलाई रौनकविक्रम कँडेलले निर्माण गरेका हुन् ।
फिल्ममा विनय र सुपुष्पाको अलवा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ ।
फिल्मलाई सुसन प्रजापतिले छायाङ्कन गरेका हुन् । निरोज महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँसकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण