पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ ।
वाम एकता र ध्रुवीकरण आवश्यक रहेको निष्कर्षका साथ बाम घटकहरूसँग एकताको नीति लिएको माओवादीले पार्टीमा स्वागत गर्दा दिने पदबारे भने खुला नीति लिएको हो ।
पार्टीका एक स्थायी कमिटी सदस्यले साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी पहिलेको पार्टीमा भएको पदअनुसार समायोजन गरिने निर्णय भएको जानकारी दिए । सोहीअनुसार अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा मातहतका कमिटीलाई सर्कुलर पठाइसकिएको ती नेताको भनाइ छ ।
‘...विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित बाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ’, सर्कुलरलाई उद्धृत गर्दै ती नेताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण