विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको केन्द्रीय समिति सदस्य विमर्श आचार्यले जानकारी दिए ।
यस्तै बैठकले नेकपा माओवादी केन्द्रसँगको एकता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण ढिलाइ भएको निष्कर्ष निकालेको छ । नेकपाको इमान्दारीतालाई नजर अन्दाज गरिएको आचार्यले बताए । उनका अनुसार तत्काल पार्टी एकताका लागि पहल नगर्ने र माओवादीको निर्णय हेरेर अगाडि बढ्ने निर्णय भएको बताए ।
यस्तै बैठकले माघ ५ गतेदेखि एक महिने पूर्व– पश्चिम जनपरिचालन अभियान चलाउने निर्णय पनि गरेको छ ।
निर्वाचन आयोगमा दल दर्ता गरेर २०८४ को निर्वाचनमा भाग लिने बैठकले निर्णय गरेको आचार्यले बताए । केन्द्रीय पदाधिकारी, पोलिट्ब्यूरो, स्थायी समिति र केन्द्रीय सदस्यहरू अनिवार्य उत्पादनको काममा जोडिने बैठकले निर्णय गरेको उनले बताए ।
मंसिर २८ देखि सुरू भएको नेकपाको केन्द्रीय समिति मंगलबार सकिएको हो । बैठकमा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले पछिल्लो राजनीति, विगतमा पार्टीले गरेको काम, अन्तर्राष्ट्रिय परिस्थिति र आगामी कार्यभारसम्बन्धी १७ पृष्ठको प्रतिवेदन पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल