भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
बुधबार, ०३ पुस २०८१, ०८ : ०६
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर–२ मा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन् । गएराति घरायसी विवादमा अछामको कमलनगर नगरपालिका–६ घर भएर भक्तपुर बस्ने ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीलाई चक्कु प्रहार गरेका हुन् ।
६३ वर्षीय दीप बहादुरले चक्कु प्रहार गर्दा नरेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
हत्यामा संलग्न दीप बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा उनले छोरालाई तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण