चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
बुधबार, ०३ पुस २०८१, २२ : ४८

काठमाडौँ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया किशोरीको हत्या भएको छ । धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् ।
चन्द्रागिरी नगरपालिका–१० सतुंगलस्थित खरिबोटमा बस्ने तामाङ हराएको भनेर उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए ।
तर, खोजतलास गर्दा बुधवार लोबेड मुनि उनको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा (तस्बिरहरु)
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा