यमनमा इजरायलले गरेको आक्रमणमा ९ जनाको मृत्यु
सना । इजरायलले गरेको तीव्र हवाई आक्रमणमा यमनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । हुथीको नियन्त्रणमा रहेको सञ्चार माध्यमले यस्तो बताएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
इजरायलले बिजुली घर, लाल सागरस्थित रास इसा तेल टर्मिनल र सलीफ बन्दरगाहलाई निशाना बनाएको बताइएको थियो । हमलामा सलीफ बन्दरगाहमा सात र तेल टर्मिनलमा दुई जनाको मृत्यु भएको बताइएको छ । यसअघि यमननले इजरायलमा हुथीहरूको मिसाइल दागेको थियो । यसलाई इजरायलले रोकेको थियो ।
टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले पनि यमनमा आक्रमणको पुष्टि गरेको छ । आफ्ना युद्धक विमानहरूले हुथी विद्रोही समूहको बारम्बारको आक्रमणको जवाफ दिएको इजरायली सेनाले बताएको छ । सेनाका अनुसार इजरायली वायुसेनाले दुई चरणमा १४ वटा लडाकु विमानबाट हुथीका ठेगानाहरूमा आक्रमण गरेको थियो ।
सेनाले पहिलो हमलामा रेड सीमा रहेको रस इसा तेल टर्मिनल र सलिफ बन्दरगाहलाई निशाना बनाएको थियो । बन्दरगाहमा पानीजहाज ल्याउन प्रयोग गरिएका आठ डुङ्गाहरू आक्रमणमा ध्वस्त भएका छन् । यसपछि दोस्रो चरणमा राजधानी सानाका दुई पावर स्टेशनलाई निशाना बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण