सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते
सुर्खेत। सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटना बुधवार रातिको हो । यद्यपि प्रहरीले बिहीवार बिहान मात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रविर विश्वकर्माले बताए उनका अनुसार बेलुका खाना खाएर सुतेको र बिहान अबेरसम्म कोही बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।
घरभित्र कोइला बालेको र धुवाँले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। उनले भने, ‘हामी जाँदा तीन जना अचेत अवस्थामै फेला पार्यौं, सबैलाई उद्दार गरेर अस्पताल पठाएको हो ।’
अस्पतालले आमा–छोरालाई मृत घोषणा गर्यो भने ९ वर्षीय छोरी रिया थापा भने घाइते अवस्थामा रहेकाले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण