सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारका कमजोरीलाई स्वस्थ हिसाबले खबरदारी गर्न आग्रह गरेका छन् । नव निर्वाचित नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश तथा सुर्खेत शाखाको नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै कँडेलले मिडियाले गर्ने रचनात्मक आलोचनालाई सरकारले सहर्ष ग्रहण गर्ने बताए ।
मिडियाबाट हुने स्वस्थ आलोचनाले सरकारलाई सही गन्तव्य पुग्न सहज हुने र सरकार सही बाटोमा हिँड्ने उनको भनाइ थियो । साथै प्रेस सधैँ रचनात्मक प्रतिपक्षको भूमिकामा रहने भएकोले सरकारका कमजोरीलाई खबरदारी गर्न आग्रह समेत गरे ।
‘तपाईँहरूको रचनात्मक र स्वस्थ खबरदारीले सरकारलाई सहयोग नै पुग्छ,’ उनले भने, ‘मिडियाबाट सकारात्मक मात्रै अपेक्षा राख्नु स्वाभाविकै भएपनि मिडियाबाट आफूले सरकारलाई जिम्मेवार र जबाफदेही बनाउन सकारात्मक मात्रै नभएर तथ्यसहितको रचनात्मक भूमिकाको अपेक्षा राखेको छु ।’
मिडियाले प्रश्न उठाउनासाथ त्यसलाई विरोधको रुपमा बुझ्न नहुनेमा आफू प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।
कँडेलले सरकारका कमीकमजोरीहरू र ध्यान नदिएका विषयहरूमा मिडियाको स्वस्थ र रचनात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुने पनि बताए । उनले अगाडि थपे, ‘मिडियाको खबरदारीले थप सरकार प्रभावकारी बन्छ । तपाईँहरूको रचनात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुन्छ, टिप्पणी आयो भनेर सरकारले अन्यथा मान्दैन र लिँदैन ।’
सो अवसरमा कँडेलले आमसञ्चार विधेयकको काम अगाडि बढाइएकाले त्यसमा महासंघको तर्फबाट सुझाव दिन समेत पत्रकारहरूलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण