विराटनगरमा निर्माण सामाग्री बोकेको गाडीमा आगजनी, ५० लाख बढीको क्षति
विराटनगर । मोरङको विराटनगर– ५ शान्तिचोकमा निर्माण सामाग्री बोकेको गाडीमा आगजनी भएको छ । एसुती निर्माण सेवाको अलकत्र बोकेको गाडीमा शनिबार साढे ४ बजे एक्कासी आगजनी भएको निमार्ण कम्पनीले जनाएको छ ।
विराटनगरको एभरेष्ट कलेजदेखि केसेलिया रोडसम्मको ठेक्का एसुती निर्माण सेवाले लिएको छ । करिब तीन किलोमिटर सडक कलोपत्रे गर्ने तयारी उक्त कम्पनीले गरेको थियो । ‘कलकत्र लगाउनु अगाडी सडकमा प्राइम लगाउने काम भइरहेको थियो । त्यसको लागि कलकत्र बोक्ने डिस्टीबेटर गाडीबाट अनलोड गर्ने तयारी भइरहेको थियो । त्यही क्रममा एक्कासी आगजनी भयो,’ निर्माण कम्पनीको निर्देशक किशोर भट्टराईले भने, ‘हिट नगरी अलकत्र झर्दैन ।
आगो लगाएर हिट गर्ने क्रममा आगलागी भएको हो ।’ गाडीसँगै एउटा सुपर स्पेलेन्डर मोटरसाइकल पनि आगजनी भएको प्रहरीले जनाएको छ । सो मोटरसाइकल निर्माण कम्पनीकै रहेको छ । आगजनीबाट करिब ५० लाख बढीको क्षति भएको निर्माण कम्पनीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण