सिरहामा ३५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सुरु
सिरहा । सिरहा सदरमुकाममा ३५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य सङ्गम आजदेखि सुरु भएको छ । सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ ।
यहाँस्थित चन्द्र नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा आज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्मेलनको उद्घाटन गर्दै मैथिली संस्कृतिका लोकगाथा र लोकबोली अन्य भाषाभन्दा पुरानो रहेको उल्लेख गरे ।
“मैथिली भाषा नेपालमा बोलिने भाषामध्ये दोस्रो स्थानमा भए पनि इतिहासका हिसाबले पहिलो भाषा हो”, उनले भने, “त्यसैले प्रदेश सरकारले मैथिली भाषा र साहित्यबारे कसरी अगाडि बढ्ने भन्ने स्पष्ट नीति बनाउन आवश्यक छ । ऐतिहासिक मैथिली साहित्य, कला र संस्कृतिको विकास र सम्मानमा यस सम्मेलनले योगदान पु¥याउने विश्वास लिएको छु ।” डा भट्टराईले मधेस भौगोलिक हिसाबले समृद्ध भए पनि आर्थिक र सामाजिक सूचकाङ्कमा पछाडि रहेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रमका संयोजक रामरिझन यादवले शुक्रबार र शनिबार सिरहा सदरमुकाम तथा आइतबार र सोमबार गोलबजारस्थित अतिथि सदनमा कार्यक्रम हुने बताए । उनका अनुसार कार्यक्रममा मैथिली भाषाको विकासका सम्बन्धमा वक्ताहरूले बहस गर्नेछन् ।
यसैगरी सिरहाको आर्थिक, राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि, वैदेशिक रोजगारलगायत विषयवस्तुमाथि पनि बहस तथा संवाद हुनेछ । कार्यक्रममा मानव अधिकारवादी नेता कृष्ण पहाडी, नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट आएका मैथिली भाषा, साहित्य तथा संस्कृतिका जानकारहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले खोज र नवप्रवर्तनमा विनियोजन गरेको बजेट पर्याप्त भएन: सांसद बराल
-
कम्पनी ऐन २०८३ को मस्यौदा : खारेजी प्रक्रिया सहज, साना कम्पनीलाई राहत
-
४० को उमेरपछि मुटुलाई फिट राख्न गर्नै पर्छ यी परीक्षण
-
अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण