बाजुरा भूकम्प अपडेट : रास्कोटमा चर्किए घर
शनिबार, ०६ पुस २०८१, ०९ : ०७
सुर्खेत । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पका कारण रास्कोटमा घरहरु चर्किएका छन् ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिका अन्तर्गत वडा नं ३ र ४ का केहि बस्तीमा रहेका घरहरु चर्किएका हुन् । शनिबार बिहान ४ बजेर १४ मिनेटमा आएको भूकम्पका कारण वडा नं.३ र ४ का केही टोलहरुमा क्षती पुर्याएको छ ।
त्यस्तै वडा नं. ३ का अलि कुमाल ४ का खेमराज संन्ज्याल मन बहादुर शाही , नमराज शाही, बर्ज सुनारको घरहरु चिराचिरा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर शाहीले भौतिक क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको बताए । 'हामीले सबैतिर आफै फोन गरेर बुझ्ने काम गरिरहेका छौँ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
-
आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएपछि रास्वपा कृष्णपुरद्वारा वडा सभापति बोहरामाथि छानबिनको माग
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण