महाबै– ३ का वडाध्यक्ष सिंहमाथि हातपात, टाउकोमा सात टाँका
शनिबार, ०६ पुस २०८१, १० : ४२
सुर्खेत । कालीकोटको महावै गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष पदम बहादुर सिंहमाथि हातपात भएको छ । आज बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासि मदिरा सेवन गरी ४ जनाको समूहले उनीमाथि हातपात गरेको हो ।
सो क्रममा टाउकोमा धारिलो हतियार प्रयोग गरेको पाइएकोले ज्यान मार्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने भन्दै महावै गाउँपालिकाले एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ ।
महावै गाउँपालिका वडा नं३ राता टोलमै बस्ने जीवन सिंह, तारा सिंह, टोप सिंह र घमन्ड शाहीको समूहले अध्यक्षमाथि हातपात र कुटपिट गरेर भागेका थिए ।
वडाध्यक्ष सिंहको टाउकोमा ७ वटा टाँका लगाई थप उपचारको लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र बोर्डमा पदाधिकारीका लागि आवेदन
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण