मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
सोमबार, ०८ पुस २०८१, ०७ : ३७

काभ्रे । काभ्रेको मण्डनदेउपुरमा आफ्नै ज्वाइँद्वारा सासुको हत्या भएको खुलेको छ । मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ की तिनमाया तामाङको हत्या आरोपमा प्रहरीले ज्वाइँ २८ वर्षीय शुकवहादुर तामाङलाई पक्राउ गरेको हो ।
गत मंसिर ३० गरे तिनमाया आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
सासुआमा तिनमाया तामाङले आफूलाई गाली गर्ने गरेकोले हत्या गरेको शुकवहादुरले स्वीकार गरेका प्रहरीको भनाइ छ । शुकबहादुरले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काई हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
पुस ५ मा पक्राउ परेका शुकवहादुरलाई जिल्ला अदालतमा पेश गरी ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म