मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
सोमबार, ०८ पुस २०८१, ०७ : ३७
काभ्रे । काभ्रेको मण्डनदेउपुरमा आफ्नै ज्वाइँद्वारा सासुको हत्या भएको खुलेको छ । मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ की तिनमाया तामाङको हत्या आरोपमा प्रहरीले ज्वाइँ २८ वर्षीय शुकवहादुर तामाङलाई पक्राउ गरेको हो ।
गत मंसिर ३० गरे तिनमाया आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
सासुआमा तिनमाया तामाङले आफूलाई गाली गर्ने गरेकोले हत्या गरेको शुकवहादुरले स्वीकार गरेका प्रहरीको भनाइ छ । शुकबहादुरले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काई हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
पुस ५ मा पक्राउ परेका शुकवहादुरलाई जिल्ला अदालतमा पेश गरी ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण