लुम्बिनी कपले महिला फुटबलको विकासमा सहयोग पुर्याउने खेलकुद मन्त्रीको विश्वास
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीको विकासका लागि लुम्बिनी कप महिला फुटबल प्रतियोगिता महत्वपूर्ण अवसर हुने बताएका छन् । शुक्रबार नेपालगन्ज रंगशालाको निरीक्षण गर्ने क्रममा मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल सुरु हुनु देशकै लागि खुसीको कुरा भएको बताए ।
मन्त्री चौधरीले भने– ‘नेपालमा अहिले खेलकुदको माहोल बनेको छ । त्यसमध्ये पनि महिला खेलाडीहरुले उत्कृष्ट नतिजा निकालिरहनु भएको छ । लुम्बिनी कप महिला फुटबल आयोजना हुनु भनेको खुसीको कुरा हो ।’ प्रतियोगिता आयोजनाका लागि आवश्यक सहयोग गर्न युवा तथा खेलकुद मन्त्रालय तयार रहेको पनि उनले बताए ।
लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशको फुटबललाई माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रतियोगितालाई ध्यानमा राखी नेपालगन्ज रंगशालाको मैदान व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरिएको जानकारी दिए ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ देखि २९ गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहने जानकारी आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण