हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । हेल्प नेपाल नेटवर्कले समाजका विविध क्षेत्रमा योगदान पुर्याएका तीन जनालाई अभिनन्दन गरी २५औँ वार्षिकोत्सव मनाएको छ । आज यहाँ नेटवर्कद्वारा रजतजयन्तीका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, समाजसेवी सविता उप्रेती र मानवसेवा आश्रमका लागि संस्थापकद्वय रामजी अधिकारी र सुशीला केसीलाई अभिनन्दन गरी वार्षिकोत्सव मनाएको हो ।
वरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रुईतले दुई जना व्यक्ति र संस्थागत रूपमा मानवसेवा आश्रमका लागि संस्थापकद्वय अधिकारी र केसीलाई अभिनन्दन गरेका थिए । वरिष्ठ नेत्र विशेषज्ञ डा रुईतले केही वर्षपछि नेपाल पनि अन्वेषण केन्द्र बन्नसक्ने भन्दै यसका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।
उनले भने, “मेचीदेखि महाकालीसम्म होइन विश्वभर नै नेपाली पुगेका छन् । सबै क्षेत्रमा रहेका बौद्विक सम्पत्तिलाई कसरी मुलुकमा भित्र्याउन सकिन्छ भन्नेतर्फ सबैले योजना बनाउनुपर्छ । उहाँहरूले सिकेका सीप, संस्कार र सुशासन नेपालमा पनि आएर सिकाउनुपर्छ ।”
कार्यक्रममा उद्योगपति उपेन्द्र महतोले दृढ सङ्कल्प राखेमा छोटो समयमा पनि मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखे । हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले २५ वर्ष अगाडि नेपाली–नेपालीबिच समन्वय गरी महिनाको एक डलर वा एक पाउण्ड उठाएर नेपालमा सहयोग गर्ने अवधारणासहित स्थापित यस संस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको बताए । उनले स्थापनाकालमा देखेको समपनाले आज मूर्तरुप पाएको उल्लेख गरे ।
नेटवर्कका सचिव डा. लता घिमिरेले समाजसेवाको दायित्वबोधका कारण संस्थाले यहाँसम्मको बाटो तय गरेको बताए । उनले भने, “हामीले स्थानीय तहलाई साझेदार बनाएर काम गरेका छौँ । भूकम्प, कोभिड, बाढीपहिरोलगायत आपत्कालीन अवस्थामा सहकार्यमा काम गरिरहेका छौँ ।
सानो सहयोगले पनि निकै ठूलो खुसी दिनसक्छ भन्ने हाम्रो सन्देश हो ।” सन् १९९९ मा स्थापना भएको हेल्प नेपाल नेटवर्कले शिक्षा, स्वास्थ्यलगायत विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण