कानुन नमान्ने खेलकुद सङ्घलाई केहि दिनभित्रै कारबाही गरिन्छ : मन्त्री चौधरी
काठमाडौँ । खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको कानुन नमान्ने खेलकुद सङ्घलाई केहि दिनभित्रै कारबाही गर्ने स्पष्ट पारेका छन् । कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले केहि खेलकुद सङ्घ ऐन कानुन विपरीत अघि बढिरहेको भन्दै छिटै कारबाही गर्ने बताएका हुन् ।
उनले अहिले खेलकुद सङ्घका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको बताए । अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन व्यवस्थित गर्न खोजेपछि कमिटीले त्यसलाई अटेर गरेको उनले बताए ।
मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद सङ्घहरूलाई पत्राचार गरे पनि नमानेको र त्यसपछि स्पष्टीकरण पठाएको जिकिर गरे । केहि दिनभित्र खेलकुद सङ्घलाई कारबाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न आग्रह गरे ।
मन्त्री चौधरीले नेपालको खेलकुद पूर्वाधारका लागि पर्याप्त बजेट नभएकाले आगामी वर्ष बजेट बढाउने गरी पहल गर्न कांग्रेस नेतृत्वलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण