प्रिमियर लिग : वेष्ट ह्यामको पोष्टमा लिभरपुलको ५ गोल, दुई भिडन्त बराबरी
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडविरुद्ध ५-० को फराकिलो जित निकालेको हो ।
वेष्ट ह्यामको घरेलु मैदानमा लिभरपुललाई जिताउन लुइस डियाज, कोडी गाकपो, मोहम्मद सालाह, ट्रेन्ट अलेक्जेण्डर अर्नोल्ड र डिओगो जोटाले गोल गरे । यो जितसँगै शीर्ष स्थानको लिभरपुलको ४५ अंक भएको छ । एक खेल बढी खेलेको नटिङघम ३७ अंक जोडेर दोस्रो स्थानमा उक्लिदा ३६ अंककासाथ तेस्रो स्थानमा छ ।
आइतबार राती भएका अन्य खेलमा क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २-१ ले हराउँदा नटिङघमले एभर्टनलाई २-० ले पाखा लगायो । यस्तै, फुलहम र बर्नमथ तथा टोटनह्याम हट्स्पर र वुल्भ्सले २-२ को बराबरी खेल्दै अंक बाँडे । आइतबार रातीको सेड्युल अन्तर्गत पहिलो खेलमा म्यान्चेस्टर सिटीले लेस्टरसिटीलाई हराउँदै जितको खेडरी तोड्यो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण