खुर्सानीको बोराभित्र लुकाएर ल्याउँदै गरेको लागूऔषध बरामद
मङ्गलबार, १६ पुस २०८१, १० : ०६
काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट पुस १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोही जिल्लाको बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री रामलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो ।
भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो ।
नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण